खिजीदेम्वा

खिजीदेम्वा

खिजीदेम्बा गाँउपालिका” नेपालको १ नंं प्रदेश अन्तर्गत ओखलढुंगा जिल्लाको जिल्ला सदरमुकाम देखी उत्तर पश्चिममा अवस्थित एक गाँउपालिका हो । ओखलढुंगा जिल्लाको ८ वटा स्थानिय तह मध्ये अति दुर्गम गाँउपालिकाको रुपमा रहेको यो गाँउपालिकाको कुल क्षेत्रफल १७९.७७ वर्ग कि.मि मा फैलिएको यो गाँउपालिका साविकका ६ वटा गा.वि.स हरु साथै साविकका पात्ले र पोकली गा.वि.स का केहि वडाहरु सामावेश भई निर्माण भएको यो गाँउपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन् । भूगोल र जनसंख्याको असमान वितरण रहेको यो गाँउपालिकाको अधिकांश भूभाग पातलो बस्ती रहेको छ । वि.स २०७८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या १५८७८ रहेको छ भने घरधुरी संख्या ३४६१ रहेको छ । जसमध्ये शेर्पा, तामाङ, सुनुवार, क्षेत्री, नेवार, ब्राम्हन जातका मानसहरु यहाँका वासिन्दाहरु हुन् । विभिन्न जातहरुले आ–आफ्नो धर्म संस्कार मान्दै आएको यो गाँउपालिकामा हिन्दु, बौद्ध, किराँत, क्रिष्चियन धर्मको बाहुल्यता रहेको छ
पेशागत रुपमा कृषीलाई प्रमुख पेशाको रुपमा अवलम्बन गर्ने यो गाँउपालिकाका बासिन्दाहरुले स्थानिय होटल, व्यापार व्यवसाय तथा पर्यटन क्षेत्रमा कार्य गरेर आय आर्जन गर्ने गर्दछन भने विभिन्न जडीबुटी प्रशोधन तथा उत्पादन गर्ने देखी काष्ठजन्य र परम्परागत घरेलु हस्तकलाका सामाग्रीहरु समेत निर्माण गरी परम्परागत सीपको संरक्षण र संवर्धन गर्ने कार्य गर्दै आय आर्जन गर्ने कार्य यहाँका मानिसहरु गर्दछन् ।यसरी कृषी प्रणालीलाई परम्परागत रुपमा उत्पादन गर्नै आएका यहाँका कृषकहरु हालका दिनहरुमा आधुनिक व्यावसायिक कृषी प्रणाली बाट कृषी उत्पादन प्रणलीलाई अवलम्बन गरेर आफ्नो कृषी व्यवसाय गर्ने गर्दछन भने प्रसस्त मात्रामा आलु उत्पादन गरी ठूलो मात्रामा निर्यात गर्ने गरेको पाइन्छ ।

पोकाली झरना

लिखु गाउँपालिकामा रहेको पोकली झरना देशकै दोस्रो अग्लो झरना हो । यो झरना १३० मिटर अग्लो रहेको छ । सुन्दर पहाडको बीचबाट झर्ने झरनाले पर्यटकीय आकर्षण बोकेको छ । यो झरनामा जानका लागि रामेछापको मन्थली–ढाँडे–शीरिषेहुँदै ओखलढुंगा प्रवेश गर्न सकिन्छ ।

ओखलढुंगा सदरमुकामबाट भने कोषाहाट–घोराखोरी–रानीवन–यसम–गामनाङटार हुँदै सडकमार्गबाट जान सकिन्छ । वर्षाद्को समयमा भने सडक अबरूद्ध हुने भएकाले दुई दिन पैदल हिँडेर पुग्न सकिन्छ ।

चुली देवीथान

खिजीदेम्बा २ मा पर्ने चुली देवीथान यस क्षेत्रको प्रख्यात तीर्थस्थल हो । पाँच कन्यादेवीको मन्दिरलाई शक्तिपीठको रुपमा पूजा गरिन्छ । यो पोकली झरनाको उद्घाम स्थल पनि हो ।
गौरीवन क्षेत्रमा पर्ने यस देवीथानमा क्षेत्री जातिको पूजारी रहने गरिन्छ ।

मनोकामना पूरा हुने र शक्तिका लागि विभिन्न तिथिमा यहाँ पूजा हुने गरेको छ । यहाँ विभिन्न समयमा मेलाहरु समेत लाग्ने गर्दछ । यो पर्यटन आकर्षण गर्ने एक महत्वपूर्ण स्थलको रुपमा विकसित छ ।

थाम डाँडठा

(प्रस्तावित खिजीदेम्क्बा स्रष्टाशान्ति पार्क) ।
खिजीदेम्बा ५ र ६ को सिमना पर्ने थाम डाँडाबाट विभिन्न हिमश्रृंखलाहरुको दृश्यालोकन गर्न सकिन्छ । यस डाँडा करीव २७५० मिटरको उचाईमा रहेको छ । यस डाँडाबाट ओखलढुंगाको पूरै, सोलुखुम्बुको विभिन्न क्षेत्र, रामेछाप, दोलखा, उदयपुर समेत देखिन्छ ।
प्रस्तावित शान्ति स्रष्टापार्कमा कृतिम ताल, हरियाली पार्क, विभिन्न जातजातिको संस्कृति झल्कने डम्फु, टुंना आदि राखिन्छ ।त्यस्तै, भ्यूटावार, बुद्धको मूर्ति र विभिन्न ३ क्षेत्रबाट प्रवेशद्धारा र्निा०ा गरिनेछ । वनभोज लगायतका लागि उपयूक्त हुने गरी पार्क निर्माण गरिनेछ ।

थोलेदेम्बा डाँडा

थोलेदेम्बा डाँडा ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा अवस्थित ओखलढुङ्गाको सबैभन्दा अग्लो रमणीय डाँडा हो । समुन्द्र सतहदेखि ३१५० मिटर उचाईमा रहेको त्रिभुजाकार थोलेदेम्बा नेपालका उस्ता–उस्तै उचाईका ७ प्रख्यात डाँडाहरु मध्येको एक हो । पूर्व क्षेत्रमा धनकुटामा १, ओखलढुंगामा १, रामेछाप र दोलखा साँधमा रहेको सैलुङ डाँडा १ गरी ३, मध्य क्षेत्रमा ९ललितपुरको फुलचोकी० १, र पश्चिम क्षेत्रमा ३ गरी जम्मा ७ प्रख्यात डाँडाहरुबाट छिमेकी मुलुक भारत र चीनको सिमानाको नक्सा लिन समेत प्रयोग भएको मानिन्छ ।

फुलमति मावि खिजीफलाटे

खिजीदेम्बा गाउँपालिका वडा नं. ५ मा रहेको फुलमति मावि खिजीफलाटे गाउँपालिकाकै एकमात्र प्राविधिकधार सञ्चालन भएको विद्यालय हो । यहाँ बाल कक्षादेखि कक्षा १२ सम्म साधारण समूहतर्फ अध्ययापन हुने गर्दछ । ४ सय बढी विद्यार्थी रहेको यस विद्यालयको भवन २०७२ सालको भूकम्पपछि एशियाली विकास वैंकको आर्थिक सहयोगमा निर्माण भएको हो ।
खिजीफलाटे सदरमुकाममा नयाँ भवन बनेसँगै पर्यटकहरुका लागि समेत आकर्षणको केन्द्र बनेको छ ।

अपांग मैत्री वालकक्षा

यस विद्यालयमा सञ्चालित बालकक्षालाई अपांगमैत्री निर्माण गरेको छ । ओखलढुंगा सामुदायिक अस्पताल, समुदायमा आधारित पुनः स्थापना कार्यक्रमको सहयोगमा बालकक्षालाई अपांग र बालमैत्री बनाइएको हो ।

अब्बल सिकाई

विद्यार्थीहरुलाई विषयगत रुपमा शिक्षकको व्यवस्थापन गरी राम्रो पठनपाठन गरी रहेको छ । त्यस्तै, विषयगत र अभ्याससँगै पठनपाठन गराई, साप्ताहिक अभ्यास, भ्रमण, खेलकूदमा नियमित रुपमा विद्यार्थीलाई सहभागि गराई रहेका छन् । विद्यालय प्रशासनको अब्बल नेतृत्वका कारण सिकाई उपलब्धि समेत गुणात्मक रुपमा हासिल गर्न सफल भएको छ ।

प्राविधिकधार

यस विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको छ । सिविल इन्जिनियर विषयमा अध्ययन भइरहेको छ । हालसम्म प्राविधिकधारतर्फ प्रथम व्याजका १८ जनाले परीक्षा दिइसकेका छन् ।
ग्रामिण क्षेत्रमा प्राविधिक विषय अध्ययन गर्न पाएपछि विगतमा जस्तो अन्तरजिल्ला प्राविधिक विषय पढ्न जाने वाध्यता हटेको छ ।

पोशाक

विद्यालयले विद्यार्थीहरुका लागि समयसापेक्ष पोशाक उपलब्ध गराउँदै आएको छ । चिसो बढी हुने भएको शिक्षकहरुलाई समेत सोही अनुसार विद्यालय पोशाक निर्धारण गरी उपलब्ध गराउँदै आएको छ । त्यस्तै, खेलकूद, सांस्कृतिक कार्यक्रमका लागि समेत पोशाकको व्यवस्था गरिएको छ ।

स्तूपा

खिजीदेम्बा गाउँपालिकालाई धार्मिक पर्यटनलाई प्रबद्र्धन गर्न बौद्धमार्गीहरुको आस्थाको प्रतिकका रुपमा निर्माण भएका बौद्धस्ुतपाहरुले महत्वपूर्ण भूमिका खेलेको छ । पुराना ऐतिहासिक र नयाँ आधुनिक तवरले यहाँ दर्जनौं बौद्धहरु निर्माण भएका छन् । पर्यटन पथमार्गमा खिजीदेम्बा २, ५, ६, ७, ८ ९ र देम्बा डाँडमा यस्ता स्तुपाहरु निर्माण भएका छन् । ठूलो आर्थिक लगानीबाट पुण्य आर्जन गर्ने हेतुले निर्माण भएको स्तुपाहरु धर्मकर्मका लागि मात्रै नभएर पर्यटकहरुका लागि समेत महत्वपूर्ण गन्तव्यको रुपमा परिचय बनाउँदै आएको छ । देम्बा डाँडामा निर्माण भएको मुक्ति मण्डला स्तुपाले समेत पर्यटन प्रबद्र्धनमा थप योगदान पुर्याउने निश्चित छ ।

जनप्रतिनिधी

थोलेदेम्बा डाँडा

कस्ले के भने

Weather Data Source: 21 tage London wetter

महत्वपूर्ण लिंक

Nepal Tourism Board 
Nepal Mountaineering Association
Trekking Agencies’ Association of Nepal
Hotel Association Nepal
NEPAL ASSOCIATION OF TOUR & TRAVEL AGENTS
THE OFFICIAL PORTAL OF GOVERNMENT OF KOSHI PROVINCE
Government Of Nepal 
Ministry of Culture,Tourism and Civil Aviation